होमस्टेका कथावाचक

रैथाने बाली संरक्षणमा सक्रिय तिलक ढकाल होमस्टेका कथा सुनाउँदै देशका विभिन्न गाउँठाउँ चहारिरहेका छन्।

श्रीमद्भगवद गीता, पुराण, वेद लगायत कैयौं कथा वाचन गर्ने व्यक्तिबारे त सुन्नुभएकै होला। त्यस्ता वाचकले बेजोड शैलीमा धार्मिक तथा पौराणिक कथा वाचन गरेर श्रोतालाई मन्त्रमुग्ध बनाउँछन्। त्यस्तै, कथावाचक हुन् तिलक ढकाल, तर उनले सुनाउने कथा बेग्लै छ। उनी होमस्टेका कथा सुनाउँछन्।

होमस्टेका कथा सुनाएर उनी कहिल्यै थाक्दैनन्। होमस्टेका हौस्याउने कुरा सुनाउन कहिले पूर्व पुगेका हुन्छन् त कहिले पश्चिम। ढकाल भन्छन्, “गाउँठाउँमा भएका ससाना उज्यालाका कथा नभनी थोकमा नकारात्मक चित्र मात्र देखाउँदा समाजमा आशाको पालुवा कसरी पलाउला!”

उनी किन होमस्टेका कथा सुनाउँदै हिंड्छन्? ढकाललाई लाग्छ, पाहुनालाई सत्कार गर्ने नेपाली चलनले स्थानीय स्तरमा रोजगारी र पर्यटनको सम्भावना बढाउँछ। त्यसका लागि घरमा पाहुनालाई स्वागत गर्ने होमस्टेको महत्त्व छ। उनी भन्छन्, “ग्रामीण रूपान्तरणको एउटा बलियो आधार हुन सक्छ- होमस्टे।”

उनले एकाएक होमस्टेका कथा भन्न थालेका भने होइनन्। झन्डै ४० वर्ष जागीरे जीवन बिताए। देशका सबैजसो जिल्ला घुमे। पेशागत कर्ममा होमिंदा सामाजिक सहभागिता, वन्यजन्तु संरक्षण, जीविकोपार्जनका विविध क्षेत्रमा काम गरे। काम गर्दै जाँदा उनलाई लाग्यो- नेपालको ग्रामीण रूपान्तरण नै देश विकासको आधार हो र यसका लागि होमस्टे र रैथाने बाली प्रवर्द्धन दुई बलिया आधार हुन्।

अनि खाइपाइ आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागीर चटक्कै छोडेर होमस्टे र रैथाने बाली प्रवर्द्धनमा लागे। जागीर छोड्दा धेरै हितैषीको खप्की खाए। कतिलाई सम्झाए, कतिसँग हाँसेरै टारे। यो यात्रामा होमिएको झन्डै दशकमा उनको परिचय रैथाने अभियन्ताका रूपमा स्थापित भएको छ। “रैथाने बाली र होमस्टेको म विज्ञ होइन,” ढकाल भन्छन्, “देखेको-भोगेको कुरा गर्ने सामान्य नागरिक हुँ।”

यो एक दशकमा उनले बुझेको कुरा हो- नयाँ उपायमा समुदाय जति सकारात्मक छ, समुदायको हित गर्नुपर्ने तालुकवाला सरकारी निकाय उति सकारात्मक छैन। “नयाँ कार्यक्रम लिएर जाँदा समुदायले उत्साह र गम्भीरताका साथ स्विकार्छ। तर त्यही कुरा कार्यान्वयन गर्न मन्त्रालय वा विभाग धाउँदा काम गराउनै गाह्रो छ,” उनी सुनाउँछन्।

उनलाई लाग्छ, माकुरो आफ्नै जालोमा अल्झिए झैं प्रशासनतन्त्र अल्झिएको छ। समुदायले आफ्नो गतिशीलता मार्फत नीतिनिर्मातालाई गतिशील बनाउन ‘उल्टो खोलो बगाउनुपर्ने’ अवस्था छ, देशको। तैपनि समुदायले आशा जगाउने काम गरिरहेको उनी सुनाउँछन्, होमस्टेका रूपमा।नेपालमा होमस्टेको शुरूआत कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रबाट भएको हो। होमस्टे अर्थात् पाहुना राख्ने घर, यसलाई होटलको विकल्पका रूपमा हेरिएको थियो। बिस्तारै पर्यटनको आधारका रूपमा होमस्टे खुल्दै गए। यसलाई व्यवस्थित बनाउन होमस्टे नीति नै बन्यो।

यसमा तीन वटा विषयलाई प्राथमिकता दिइएको छ। पहिलो, ग्रामीण पर्यटन प्रवर्द्धन, दोस्रो, मौलिक कला, संस्कृति, वेशभूषाको जगेर्ना र तेस्रो, स्वरोजगारको बढावा।

होमस्टेलाई व्यवस्थित गर्न २०६७ सालमा कार्यविधि बन्यो। यसमा कोठा, शौचालय, भान्सा, ढोकाको उचाइ, सुत्ने खाट, खुवाउने परिकारको सूची, समुदायले देखाउने संस्कृतिको मापदण्ड तोकिएको छ। स्थानीय खानेकुरा खुवाउनुपर्ने नीति बनाइएको छ। होमस्टेमा आउने पाहुनाले पनि के गर्न पाउने, के गर्न नपाउने भन्ने आचारसंहिता लागू गरिएको छ।

शुरूआतमा तराई क्षेत्रमा बर्दियाको दक्षिणी भेग डल्ला गाउँमा होमस्टे खोलिएको थियो। थारू समुदायको बसोबास रहेको डल्ला गाउँमा आर्थिक उपार्जनको आधार थिएन। गाउँको एकातिर भारतको संरक्षित क्षेत्र छ भने अर्कातिर बर्दिया राष्ट्रिय निकुञ्ज। वन्यजन्तु ओहोरदोहोर गर्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने डल्लाका बासिन्दालाई संरक्षणमा लगाउन होमस्टे सञ्चालनमा जोड दिइएको थियो। ११ घरबाट शुरू भएको डल्लाको होमस्टे २४ घरमा विस्तार भएको छ।

डल्ला गाउँ विकट थियो। वन्यजन्तुले बाली नोक्सान गर्थे। मान्छे र वन्यजन्तुबीच द्वन्द्व थियो। होमस्टेले सबै कुरा परिवर्तित गरिदियो।

गाउँ छेउछाउकै वनमा वन्यजन्तुका लागि चार वटा पोखरी बनाइए। गैंडा आएर पोखरीमा बस्न थाले। एउटा गैंडाले बच्चा पायो। डल्लावासीले खुशियाली मनाए। शिव सामुदायिकमा जन्मेको गैंडाको नाम शिवु राखियो। अहिले त्यहाँ आउने पर्यटकलाई त्यही शिवु देखाउने गरिएको छ। 

केही नभएको डल्ला गाउँमा होमस्टे नै रोजगारको माध्यम बनेको ढकाल सुनाउँछन्। डल्लामा होमस्टे प्रवर्द्धन गर्न शुरूआतदेखि नै जोडिएका उनी आयआर्जन भएपछि वन्यजन्तु पनि जोगिएको बताउँछन्। “डल्ला गाउँमा बेलायतका राजकुमार ह्यारी पनि आए। आखिर एउटा होमस्टेले बेलायती राजकुमारलाई स्वागत गर्ने हैसियत बनायो,” ढकाल भन्छन्, “त्यो भनेको होमस्टेका कारण भएको सकारात्मक संरक्षण प्रयास र त्यसको परिणाममा फस्टाएको पर्यटन हो।”

डल्लामा राजकुमार ह्यारी।
डल्लापछि नवलपुरको अमलटारीमा होमस्टे बन्यो। त्यसपछि कैलालीमा रानाथारू होमस्टे बन्यो, अनि बाँकेको गावर उपत्यकामा। अहिले झापादेखि कञ्चनपुरसम्म तराई-मधेशमा ५० वटा सामुदायिक होमस्टे छन्।

गावर उपत्यकामा एउटाबाट शुरू गरिएको होमस्टे २५ घरमा विस्तार भएको छ। त्यससँगै सामुदायिक जीन ब्यांक पनि बनेको छ जहाँ रैथाने जातका बाली जोगाइएको छ। रैथाने जातको मौरी हुर्काइएको छ।

अहिले गावर होमस्टे विद्यार्थीलाई प्रयोगात्मक अध्ययन गराउने थलो बनेको छ। “यी होमस्टेका कथा समुदाय अग्रसर हुँदा राम्रो परिणाम आउँछ भन्ने उदाहरण हुन्,” ढकाल भन्छन्, “त्यसैले स्थानीयलाई आयआर्जन हुने यस्ता सजिला उपायलाई व्यापक बनाउनुपर्छ।”

गावर पुग्ने अधिकांश पाहुना नेपाली नै छन्। होमस्टे आफैंमा एउटा बजार बन्दो रहेछ भन्ने पनि यसले देखाएको छ। “गावर उपत्यकामा होमस्टे शुरू गर्ने कृष्ण चौधरीकी आमाले वर्षमा दुई हजार किलो त लसुन मात्र छोडाउनुहुँदो रहेछ। लसुन नै त्यत्रो खपत भएको ठाउँमा अरू कुरा कति खपत भयो होला?” ढकाल प्रश्न गर्छन्, “खाना पर्यटन र होमस्टेको यो भन्दा बलियो उदाहरण के हुन सक्छ?”

होमस्टेका उदाहरण दिंदै अभियन्ता ढकाल हरेक समुदायको खाना पर्यटन प्रवर्द्धन हुनुपर्ने बताउँछन्। खाना पर्यटन सम्भावना भएको क्षेत्र पनि हो। “पर्वतारोहण र वन्यजन्तुलाई मात्र पर्यटन भन्दै आयौं, अब बुझाइको दायरा फराकिलो पार्नुुपर्छ,” उनको तर्क छ। 

रुकुम पूर्वको पुथा उत्तरगंगा।
देशका भौगोलिक र सांस्कृतिक विविधतासँगै हामीसँग खानपान, कला, संस्कृति लगायत क्षेत्रमा पनि विविधता छ। नेपालमा १२५ भन्दा बढी जातजातिको खाना संस्कृति उपलब्ध छ। देशमा जति समुदाय छन्, त्यति नै खानपानको संस्कृति हुनु सौम्य शक्ति पनि हो। यसलाई पर्यटन विस्तारको माध्यम बनाउनुपर्ने विज्ञ बताउँछन्। त्यसका लागि शुरूआतमा चाहिन्छ, होमस्टे। “युवाले गाउँमै अवसर देखे भने विदेश जाँदैनन् होला,” ढकाल आशावादी बन्छन्, “केही युवा त गाउँमै बस्लान् नि!”

गाउँ गाउँमा होमस्टे विस्तार हुँदा एकातिर मान्छेको जीवनस्तर राम्रो हुन्छ। अर्कातिर, पाहुना त्यहाँ घुम्न आउँदा प्रकृति जोगाउनुपर्ने सन्देश पनि जाने संरक्षणकर्मीको भनाइ छ। अहिले होमस्टे भएका ठाउँको अवस्था हेर्दा पनि त्यस्तो देखिएको छ। “जहाँ होमस्टे छ, त्यहाँ प्रकृति राम्रो छ। वातावरण राम्रो छ,” ढकाल अनुभव सुनाउँछन्।

घुम्न आउने पर्यटकलाई आनन्द दिलाउन पनि वनजंगल, चराचुरुंगी, वन्यजन्तुको संरक्षण गरिएको उनको भनाइ छ। त्यस्तै, होमस्टे भएको ठाउँमा मौलिक खानपान, स्थानीय संस्कृति पनि संरक्षण भएको उनी बताउँछन्।

अर्को सकारात्मक पक्ष हो- सामाजिक सद्‌भाव। पाहुना आएर घरमा बस्ने भएपछि घरेलु झैझगडा पनि कम भएको पाइएको छ। पाहुना बसेका वेला घरझगडा हुँदो गुनासो गर्लान् भन्ने डर हुन्छ। त्यसको प्रचार हुँदा समुदायमा पर्यटक आए पनि आफ्नोमा नआउलान् भन्ने पीर पनि देखिएको छ। “रिस उठेको छ भने पनि शान्त भएर पाहुनाको सत्कार गर्नुपर्दा बूढाबूढीबीच झगडा कम हुन थालेको अनुभव महिला दिदीबहिनीले सुनाउँदा म त दंगै परें,” ढकाल भन्छन्। 

कास्कीको घान्द्रुक।
होमस्टेले छरछिमेक र समाजलाई मिलाएको मात्रै छैन, महिलाको नेतृत्व विकास पनि गराएको छ। घरमा आएका पाहुनासँग बोल्नै पर्‍यो। आज बोल्यो, भोलि बोल्यो। अनेक ठाउँका अनेक पाहुनासँग बोल्दाबोल्दै महिलामा आत्मविश्वास पनि बढेको उनी सुनाउँछन्।

अहिले देशका ६८ भन्दा बढी जिल्लामा एक हजार ५०० भन्दा बढी ठाउँमा होमस्टे छन्। आन्तरिक र बाह्य पर्यटकलाई सेवा दिने होमस्टेले गाउँठाउँमा स्वरोजगार पनि बनाएको छ। कास्कीको घान्द्रुक, सिक्लेस, धम्पुस, चितवनको माडी, लमजुङको घलेगाउँ, नवलपुरको अमलटारी, उदयपुरको बहेडवाका थारू होमस्टेमा विदेशी पाहुना पुग्छन्। स्कूल, कलेज, सहकारी र सामूहिक भ्रमणका उपयुक्त गन्तव्य पनि होमस्टे बनेका छन्।

फेरि मध्यमवर्गीय परिवारका लागि होटलभन्दा होमस्टेको बसाइ पनि सहज हुन्छ। आगन्तुकलाई घरायसी र गाउँले वातावरण पनि मिलेको छ। “सबैलाई गाउँले वातावरणले लोभ्याउँछ नै। त्यही भएर सबैजसो होमस्टेमा नेपाली नै जान्छन्।”

होमस्टे गाउँमा मात्रै हुन्छ भन्ने पनि छैन। अहिले त शहरमा पनि छन्। काठमाडौं उपत्यकाका कीर्तिपुर, हाँडीगाउँ जस्ता शहरका माझमा पनि होमस्टे छन्। शहरका होमस्टेले संस्कृति प्रवर्द्धनलाई जोड दिएका छन्।

तिलक ढकाल।
गाउँठाउँका होमस्टे भने विकासको केन्द्र पनि बन्दै गएका छन्। स्थानीय, प्रदेश र संघीय सरकारको नजर पुगेको देखिन्छ। “जहाँ होमस्टे छ, त्यहाँ विकास केन्द्रित हुन पुग्दो रहेछ,” ढकाल भन्छन्, “विभिन्न तह र तप्काका आगन्तुक पुग्दा समस्या पनि थाहा पाउने भए। स्थानीयको प्रयासमा अलिकति बल गरिदिऊँ न त भन्दा विकासले गति लिंदो रहेछ।” 

होमस्टेको विकाससँग कृषि विकास पनि जोडिने उनी बताउँछन्। लोकल कुखुरा, ढिंडो लगायत परिकार होमस्टेको विशेषता भएकाले रैथाने कृषि उपजको प्रवर्द्धन भएको उनी सुनाउँछन्। ढकाल देशभर चहार्दाको निचोड सुनाउँछन्, “मौलिकता र मौलिक संस्कृति जोगाउँदै जीविकोपार्जन गर्ने आधारका रूपमा रहेको होमस्टेका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्छ।”

सोमबार, चैत १९, २०८०  ०७:०० मा प्रकाशित

Categories:

Tags:

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *