” TOGETHER WE CAN MAKE A DIFFERENCE “
विश्व प्रकृति संरक्षण नेपाल (WWN) को साधारण सभा सम्पन्न
काठमाडौं, असोज ५ गते विश्व प्रकृति संरक्षण नेपाल (WWN) ले आफ्नो ११ औं वार्षिक साधारण सभा यही २०८२ असोज ५ गते सम्पन्न भएको छ । साधारण सभा संस्थाको कार्यालय परिसर, टोखा न.पा. ४, धापासी हाइटमा सम्पन्न भएको हो ।
यस महत्वपूर्ण अवसरमा, WWN का अध्यक्ष श्री तिलक ठकुरीले सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू, र पर्यावरणप्रति रुचि राख्ने सबैलाई हार्दिक धन्यवाद दिनु भएको छ । उनले भने, ‘एघारौं वार्षिक साधारण सभा हाम्रो संस्थाका लागि विशेष रह्यो । यस अवसरमा हामीले विगतका उपलब्धिहरूको समीक्षा गर्ने, आगामी योजनाहरूको खाका कोर्ने र प्रकृति संरक्षणका महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर पाएका छौं ।’
साधारण सभामा उपस्थित हुनेहरूलाई संस्थाले हालसम्म गरेको प्रमुख गतिविधिहरूको समीक्षा, वित्तीय प्रतिवेदनको प्रस्तुति, र आगामी योजनाहरूको रूपरेखा प्रस्तुत गरिएको थियो । साथै, साधारण सभाले श्री तिलक ठकुरी अध्यक्ष र डा. सुशिला नेपाली उपाध्यक्ष रहनु भएको ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
WWN, जसले नेपालको विभिन्न जैविक विविधता संरक्षणको क्षेत्रमा विगत एक दशक देखि निरन्तर क्रियाशील हुँदै आएको छ, यस अवसरमा आफ्ना सदस्यहरूको समर्थन र योगदानको कदर गर्ने चाहन्छ । प्रकृति संरक्षणको यस शुभकार्यमा सहभागी भई संस्थालाई अझ सबल बनाउन सबैलाई आग्रह गरिएको छ ।

No responses yet